आइतबार सुदूरपश्चिममा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – आइतबार सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार ९४९ जनाको एन्टिजेन र ११ जनाको पीसीआर परीक्षण गर्दा आज २३ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये ६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९८५ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन्।

nisarga