
धनगढी – बुद्ध एयरले धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखरा नियमित उडान भर्ने जनाएको छ ।
शुरुमा साताको ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार पोखरा उडान हुनेछ भने धनगढीबाट आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ । यस्तो उडानले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाट पोखरा आउजाउ गर्न चाहनेहरुका लागि निकै सुविधा पुग्ने कम्पनीले बताएको छ ।














