लागुऔषधसहित २ जना पक्राउ

Image
maya metro

हेटौंडा – मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–४ स्थित पासा चटामरी हाउसबाट २० बोतल अवैध लागुऔषध ओम्रेक्ससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

nisarga

पक्राउ पर्नेमा हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तान रहेका छन्।

उनीहरूका साथबाट २० ग्राम गाँजा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।