राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

Image
maya metro

काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो। कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। त्यस्तै, १३ हजार कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गदै सात लाख ९४ हजार ५० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओमा छिटोमा यही फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्।