
धनगढी – कैलालीमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले बताएको छ।
उक्त वस्तु बम वा के हो भनी परीक्षण गर्न नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।































