
सिन्धुपाल्चोक – जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई जबरजस्ती बलात्कार गरी फरार रहेका मोहन दुलाल (नाम परिवर्तन) लाई पक्राउ गरेको छ ।
उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार २०६३ वैशाख १९ गते साविक ठूलो सिरुवारी–१, हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सल्लाघारी जंगलमा नाबालिका छोरीलाई जबरजस्ती करणी गरी दुलाल फरार भएका थिए ।
जिल्ला अदालतको सोमवारको आदेशले पुर्पक्षका लागि उनलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।





























