
धनगढी – कैलालीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त वस्तु बम नभएको पनि प्रहरीले जनाएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो।































