गोदावरीको राधाकृष्ण गौशाला बन्द

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा सञ्चालीत राधाकृष्ण गौशाला बन्द भएको छ । राधाकृष्ण गौ सेवा संरक्षण समितिले गौशाला सञ्चालनका लागी आर्थीक अभावको कारण देखाँउदै बन्द गरेको हो । समितीले गोदावरी नगरपालीका वडा नम्बर ३ को चौकिडाँडामा स्थानीय सामुदायीक वनको जमीन भाडामा लिएर २ वर्षदेखी गौशाला सञ्चालन गर्दै आएको थियो । गौशालामा पाँच सय सम्म छाडा गाईगोरु राखीएको थियो । तर पछील्लो समय गौशालामा काम गर्ने स्टाफहरुलाई तलब दिन समेत आर्थीक समस्या भएपछी गौशाला बन्द गर्नुपरेको समितिका सचिब गणेश सार्किले बताए ।

nisarga

उनले २ वर्षको अवधीमा गोदावरी नगरपालीकाबाट ४ लाख मात्रै सहयोग पाएको र त्यो पैसा पनी आफुहरुले गौशालाका संरचना निर्माणमै लगाएको बताए । गौशालामा समितिबाट करिब ६० लाख खर्च भईसकेको छ,उनले भने नगरपालीकालाई पटकपटक आग्रह गर्दापनी कुनै सुनुवाई भएन,नगरप्रमुखले बरु हामी गोदावरीकै वडा नम्बर ९ धनचौरीमा लगेर व्यवस्थापन गछौँ भनेपछी हामीले छोडीदियौँ ।” सरकारी निकायबाट कुनैपनी सहयोग नपाएको र आफुहरुसंग भएको लगानी सबै सकिएपछी गौशाला बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।

नगरपालीकासंग गौशाला सञ्चालनकालागी ४ जना कर्मचारी र गाईगोरुलाई चिसोबाट जोगाउन टिनको छाना र त्रिपाल माग गर्दा कुनै सुनुवाई नभएपछी चिसोमा गौशाला भित्रैपनी धेरै गाईगोरु मरेको उनले बताए । समितिका अध्यक्ष टिकाराम सार्कीले छाडा पशुचौपायाकै कारण सडक दुर्घटनाहरु बढेको र चौपायाको समेत दयनीय अवस्था स्थानीय देखेपछी आफुहरुले चौपाया व्यवस्थापनकालागी गौशाला सञ्चालन गरेको भएपनी पछील्लो समय आर्थीक अभाव भएपछी बन्द गर्न बाध्य भएको बताए । उनले गौशालामा गाईगोरुको रेखदेख गर्ने व्यत्तिहरुलाई पैसा दिन नसकिएको,गौशाला सञ्चालनकालागी चौकिडाँडा महिला सामुदायीक वन संगको सहमती पनी सकिएको, सञ्चालनका बेला वनसंगको सहमती बमोजीम रकम तिर्न नसकेको,बिजुलीको बिल समेत तिर्न नसक्ने अवस्था भएपछी गौशाला बन्द गरिएको बताए । दुई वर्षदेखी संरक्षण गरिएका करिब पाँच सय गाईगोरु खुल्ला छोडीएपछी बाली र तरकारी जोगाउन चौकिडाँडाका स्थानीयलाई झन बढी सास्ती भएको छ । बिहान खोल्ने र बेलुकी भित्र्याउने गरेका कारण गाईगोरुलाई यतै आउने बानी परेकाले अहिले गौशालामा घाँस र पानीको व्यवस्था नहुँदा आफुहरुको खेतबारीतिर आउने गरेको स्थानीय हिरा चुनाराले बताईन् ।

गहुँ खान लागेको गाई लखटेर गौशालातिर ल्याउँदै गरेकी उनले दिँउसो र राती समेत खेतबारीमै बस्नुपरेको बताईन् । उनले गाईगोरु मरेर गन्धले घरमै बस्न समेत गाह्रो हुने गरेको बताईन् । संरक्षण समितिले अहिले आफुले बनाएका भौतिक संरचना बिर्गादै,जडान गरिएको बोरीङ समेत लगीसकेका छन् । स्थानीय हेम भण्डारीले सार्वजनीक समस्याकारुपमा रहेको छाडापशु व्यवस्थापन गर्दै आएको गौशालालाई नगरपालीकाले वेवास्ता गर्नु दुखद् भएको बताए । उनले छाडा गाईगोरु व्यवस्थापन राजनीतीक दलको चुनावी नारा भएपनी व्यवस्थापन गर्नभने सबै असफल भएको बताए ।

गोदावरी नगरपालीकाकी उपप्रमुख रत्ना कडाएतले भने आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको र बजेटको विषयमा समेत कार्यपालीका वैठकमा कुरा उठाँएपनी बजेट छुट्याउन भने नछुईट्याएको बताईन् । नगरप्रमुख हरिसिहं साँउदले प्रक्रीया मिलाएर सक्दो सहयोग गर्ने बताएपनी उहाँहरुले तत्कालै माग गरेका कारण बजेट दिन नसकिएको बताए ।

नगरपालीकाका प्राय सबै वडामा गाईगोरु व्यवस्थापनकालागी हेराला राखीएकोले एकै ठाँउमा धेरै बजेट हाल्न नसकिने बताँउदै उनले भने कि त सबै वडाका छाडा गाईगोरु त्यहि ल्याएर संरक्षण गरेको भए एकै ठाँउमा बजेट हाल्न सकिन्थ्यो हरेक वडामा अलगअलग भएपछी सबैलाई बजेट पुर्याउनुपर्छ । आफुहरुले सिमीत बजेट र निश्चीत नितीनियममा चल्नुपर्ने भएका कारण माग गरेजती बजेट दिन नसकिने उनले बताए । उहाँहरुले व्यत्तिगतरुपमा खालेको गौशाला भएपनी सार्वजनीक समस्याको विषय भएकाले गत वर्ष चारलाख रुपैँया सहयोग गरेको उनले बताए ।