चार सय केजी गाँजासहित तीनजना पक्राउ

Image
maya metro

उदयपुर – उदयपुर प्रहरीले ठूलो परिणामको लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । बिहीबार बेलका नगरपालिका ८ सिरुवानीबाट को.१.ज.२७६१ नं.को महेन्द्र पिकपमा निलो त्रिपालले छोपेर लैजाँदै गरेको तयारी चार सय केजी प्रतिबन्धित गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुबास बोहोराका अनुसार लुकाई छिपाई १६ वटा बोरामा तयारी गाँजा र नगद ६३ हजार २५ रुपैँया वरामद गरेकोछ ।

nisarga

अबैधरुपमा लागुऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सवारीधनी तथा चालक बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडानं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेको डीएसपी बेदप्रसाद गौतमले बताए ।

घटनामा अन्य पनि संम्लग्न रहेको आशंकामा अनुसन्धान प्रक्रिया सुरु गरिएको उनले बताए ।