
धनगढी – धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ । प्रतिकूल मौसमको कारण बन्द भएको धनगढी–पाटन उडान पुनः शुक्रवारदेखि हुने भएको हो । समिट एयरले शुक्रवारदेखि उडान गर्ने जनाएको छ ।
मौसममा सुधार आएसँगै बन्द गरिएको उडान अब नियमित रूपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । प्रतिकुल मौसमको कारण देखाउँदै गत पुस १६ गतेबाट उडान बन्द गरिएको थियो ।

हरेक शुक्रवार धनगढीबाट पाटनका लागि बिहान १० बजे र पाटनबाट धनगढीका लागि १०ः३० बजे उडान हुने जनाएको छ ।














