काग्रेंस कैलालीको जिल्ला सदस्य पदमा युवानेता भट्टको उमेदवारी

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका युवानेता प्रेमराज भट्टले काग्रेंस कैलालीको जिल्ला सदस्य पदमा उमेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत फागुन १५ गते गते हुन गइरहेको जिल्ला सदस्य पदकालागी भट्टले आफ्नो उमेदवारी घोषणा गरेका हुन् । अत्तरिया क्षेत्रका युवाहरुमाझ लोकप्रीय मानीने भट्टले २०६४ सालमा नेपाल विधार्थी संघबाट राजनीतीक यात्रा सुरु गरेका थिए ।

व्यवशायीक रुपमा कृषी गर्दै आइरहेका युवानेता भट्टले आफु विजयी भएमा नेपाली कांग्रेसलाई युवाहरुको पार्टी बनाउन सक्रीय भुमीका खेल्ने बताएका छन् । उनले आफु व्यापारीक पृष्ठभुमीबाट राजनीतीमा आएका कारण बेरोजगारहरुले मात्रै राजनीती गर्छन् भन्ने आम जनतामा भएको सोचलाई चिर्दै युवा उधमशिलतामा जोडदिने बताएक छन् । नेपाली कांग्रेसलाई सबै जातजाती,भाषाधर्म,लिंगका आधारमा समावेशी पार्टी बनाउन जिल्ला सदस्य पदमा आफ्नो उमेदवारी भएको बताएका छन् ।

nisarga

पार्टीमा पाएको जिम्मेवारीलाई उर्जाका साथ स्थानीय तहमा पार्टीलाई सशक्त,बलियो बनाउने भुमिका खेल्ने उनले बताएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा आफुलाई महत्त्वपूर्ण मत दिएर निर्वाचित गराईदिन समेत उनले आग्रह गरेका छन् ।