करोडको लगानीमा तरकारी खेती

Image
maya metro

अत्तरिया – धेरैजसो कृषी सामग्रीको व्यापारमा व्यस्त भईरहने धनगढीका गजेन्द्र शाह कहिलेकसो समय निकालेर आफ्नो तरकारी खेतीतिर धाइरहन्छन् । व्यापार संगै कैलालीको गोदावरी नगरपालीका,३ मालाखेतीमा मन्जरी एग्रीकल्चर फर्म सञ्चालन गर्दै आएका उनले तरकारी खेतीमा एक करोड बराबरको लगानी गरेका छन् । पाँच वर्षअघी तरकारी खेती सुरु गरेका उनले तीन विघा जमीनमा तरकारी लगाएका छन् । शाहले भेडे खुर्सानी,टमाटर,खुर्सानी,काउली,बन्दागोपी,काँक्रा सगैं मेवा खेती पनी गरेका छन् ।

nisarga

कृषी सम्बन्धीकै पढाइ गरेका र पढाइपछी कृषी क्षेत्रमै काम गर्ने संघसँस्थामा जागीरे रहेका शाहिले आफै केहि गर्नुपर्छ भन्ने लागेपछी २०७४ वैशाखमा तरकारी खेती सुरु गरेका हुन् । उनको फर्ममा एकजना कृषी प्राविधीक र तीनजना अन्य सहयोगीले रोजगारी पनी पाएका छन् । महिनाबारी कामगर्ने चारजना भएपनी तरकारी रोप्ने र टिप्ने समयमा अन्य थुर्पै व्यत्तिले काम पाउने गरेका छन् । सुरुवातको समयमा बढी भन्दा बढी बेमौसमी तरकारी उत्पादन गर्ने भन्दै ९२ लाख बराबरको लगानीमा उनले पोलीहाउस निमार्ण गरेका थिए ।

करिब एक विघा जमीनमा बनाइएको उत्त पोलीहाउसमा पचास प्रतिशत रकम एउटा सँस्थाले अनुदान दिएको थियो । तर २०७५ साल जेठमा कैलाली र कञ्चनपुरमा आएको विनासकारी हुरीले उत्त हाउस पुर्णरुपमा क्षती गर्यो । शाहिको त्यो लगानी त्यसै डुब्यो । उनले हार नमानी फेरी अर्को पोलीहाउस बनाएर भेडे खुसार्नी फलाउन थाले । अहिले अत्तरिया क्षेत्रका कतिपय व्यापारीहरु तथा स्थानीयहरु ताजा तरकारीको लागी बारीमै पुग्ने गर्दछन् । तरकारी खेती गर्ने पुरै जमीनमा उनले टनेल र थोपा सिँचाइको व्यवस्था गरेका छन् ।

तरकारी मात्रै नभइ उनले बायोफ्लक प्रविधीबाट माछा पालन पनी गरेका छन् । संगै उनले केहि कुखुरा समेत पालेका छन् । उत्त फर्ममा वार्षीक करिब १४ लाख को कारोबार भईरहेको उनले बताए । अहिल टनेलमा रोपेको टमााटर टिपेर तरभुज रोप्ने तयारी गरिएको छ । गत वर्ष कोरोनाका कारण भएको लकडाउनले सात क्विन्टल भन्दा बढी तरभुज खेर गएको पनी उनले बताए । बिस्तारै कृषी व्यवशायलाई बढाँउदै लैजाने उनले बताए ।फर्ममै काम गर्दै आएकी अनीता भट्राइले आफ्नो घर नजीकै कृषी फर्महुँदा रोजगार पाइएको र टाढा गएर काम गर्नुपर्ने बाध्यता अन्त्य भएको बताईन् । कृषी ज्ञान केन्द्र कैलाली,गोदावरी नगरपालीकाको कृषी शाखाले प्राविधीक सहयोग गर्दै आएको उनले बताए । मञ्जरी एग्रीकल्चर फर्ममा पाँच वर्षदेखी कृषी प्राविधीकको काम गर्दै आएका लोकेन्द्र खत्रीले आफुले सिकेको सिप आफ्नै ठाँउमा प्रयोग गर्न पाँउदा खुसी लागेको बताए ।


उत्पादन गर्न सके बजार राम्रो छ
स्थानीय स्तरमा तरकारी उत्पादन गर्नसकेमा बजारको समस्या नभएको शाह बताँउछन् । उनी भन्छन्“बजारको समस्या खासै हुँदैन तर,मुल्य भने हाम्रो हुँदैन ।” बजारका होलसेल वयापारीले आफुखुसी मुल्य निर्धारण गर्ने गरेको उनको गुनासो छ । उपभोत्ताले पनी सुपथ मुल्यमा पाँउदैन,उत्पादकलेपनी कहिल्यै आफ्नो मुल्य पाँउदैन बिचको व्यापारीले सबैभन्दा बढी फाइदा लैजान्छ उनले भने ।
बेमौसमी तरकारीमा बढी नाफा
मौसमी तरकारी भन्दा बेमौसमी तरकारीमा बढी नाफा हुने शाह बताँउछन् । भेडे खुसार्नी लगाएतका बेमौसमी तरकारीको माग बाह्रै महिना एकै नासको हुने र मुल्य पनी राम्रो पाईने हुँदा आगामी दिनमा बेमौसमी तरकारीलाई नै बढी जोडदिने उनी बताँउछन् । “हिँउदको समयमा लटरम्म फलेको टमाटर ६ रुपैँया किलोको दरले समेत बेचे उनले भने, त्योे टमाटरबाट मेरो लगानी त परको कुरा हो टमाटर टिपेर बजारसम्म पुर्याउने मान्छेलाई ज्याला दिन समेत पुगेन ।” आफुले फलाएको बेमौसमी उत्पादनले भने राम्रो बजार पाएको उनको अनुभव छ ।
बुडरमा बाँझो जमीनमा तरकारी खेती सुरु
शाहले डोटीको बुडरमा पनी तरकारी खेती सुरु गरेका छन् । बुँडरमा वर्षौँदेखी बाँझो छोडीएको १५० रोपनी जमीनमा खेती सुरु गरेको उनले बताए । त्यहाँ तीनजना मिलेर तरकारी खेती सुरु हौँ उनले भने अहिलेसम्म ६० लाख लगानी लागीसकेको छ । बुडरमा पुर्णरुपमा बेमौसमी तरकारी फलाउने र उत्त ठाँउलाई नै कृषी पर्यटनकारुपमा विकाश गर्ने योजना रहेको उनले सुनाए ।