मापसे गरि चलाइएको दिपायल सिलगढी नगरपालीकाको मोटरसाईकल प्रहरी फन्दामा

Image
maya metro

अत्तरिया – सार्वजनीक बिदाको दिन मापसे गरि चलाइएको दिपायल सिलगढी नगरपालीकाको मोटरसाईकल प्रहरी फन्दामा परेको छ । से१ब ८३८ नम्बरको उत्त मोटरसाईकल कैलालीको अत्तरियामा प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

नगरपालीकामा कार्यरत लेखापाल भत्तराज भट्टले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको पाएपछी प्रहरीले मोटरसाईकल लिएको हो । प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रतीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाईकल एक हजार जरीवाना तिराएर छोडीएको छ ।

nisarga

उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उत्त मोटरसाईकलमा पछाडी युवती सवार थिईन भने बेलुकी ५ः३० को समयमा उनीहरु अत्तरिया चौराहा वरीपरी फन्को लगाइरहेका थिए ।