कैलालीमा लागूऔषधसहित २ युवक पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय लम्की कैलालीको संयुक्त प्रहरी टोलीले लम्कि चुहा नगरपालिका वडा नम्बर ३ चिसापानी नयाँ बस्तीबाट २ जनालाई पक्राउ गरेको हो।

नयाँबस्ती बस्ने नरबहादुर बिष्टको घरबाट उनका छोरा अन्दाजी २२ वर्षीय बिरेन्द्र बिष्ट र सोहि ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राज सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

nisarga

लागु औषध(खैरो हिरोईन) बिक्रि बितरणको लागी पुडिया (पोका) बनाई राखेको अवस्थामा फेला पारी पोका पारी राखिएको ९ ग्राम १५० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवैजना माथि ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ ।