
अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–३ हुलाकी राजमार्ग अन्तर्गत बेलाबोजी भन्ने ठाउँमा भएको दुर्घटनामा टीकापुर नगरपालिका–६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाईते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो ।






























