
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले १५ दिनभित्रमा सडक बत्ती जडान गरेको बक्यौता नतिरे स्थानीय तह र उपभोक्ताहरूको विद्युत सेवा बन्द गर्ने चेतावनी दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गरी यो समयसम्म बाँकी सबै भुक्तानी नगरे सेवा बन्द गर्ने जानकारी दिएको हो।
‘प्राधिकरणबाट स्वीकृत लिई महानगरपालिका,उप-महानगरपालिका,नगरपालिका तथा गाउँपालिका वा उपभोक्ताहरुले जडान गरेका सडक बत्तीहरुको बक्यौता तिर्न आनाकानी गरेका छन,’सूचनामा उल्लेख छ।

केही स्थानीय तहहरुले मासिक विद्युत बिल तिर्न समर्थन समेत नगरेको प्राधिकरणले जनाएको छ।















