
दार्चुला – दार्चुलामा मिलको फितामा बेरीएर एक जनाको मृत्यु भएको छ ।
गहु, मकै पिसानीका लागि सञ्चालन गरेको मिलको फितामा बेरिएर शैल्यशिखर नगरपालिका ६ का अन्दाजी ५० वर्षिय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आइतबार बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने क्रममा मिलको फितामा बेरिएर धामीको मृत्यु भएको हो ।
मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।















