कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते

Image
maya metro

अत्तरिया – कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आइतबार बेलुकी हसुलियाबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक जिल्लाको गौरीगंगा नगरपालिका-१० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जोशीपुर गाउँपालिका-४ का ३४ वर्षीय गुलाब चौधरीले चलाएको सो ट्रक दुर्घटनामा ट्रकमा सवार गौरीगंगा-७ की ५५ वर्षीया रामकलीया चौधरी, ५० वर्षीया छडनी चौधरी, ५० वर्षकै कालीचरण चौधरी, ३३ वर्षीय रविन्द्र चौधरी र जनक चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

त्यस्तै, ५ वर्षीया भागरथी चौधरी, १२ वर्षीय सोम चौधरी, १७ वर्षीया ममता चौधरी, १५ वर्षीय अनिल चौधरी, २२ वर्षीय अर्जुन चौधरी, ३२ वर्षीया रंगीना चौधरी र जोशीपुर-३ का ३७ वर्षीय राजाराम चौधरी घाइते भएका छन्। उनीहरुको सौगात मेडिकल हल मसुरियामा उपचार भइरहेको र घाइते १२ जनामध्ये ५ जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।