
बझाङ – जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालले संघीय सरकारले निर्धारण गरेको तलब सुविधा पाउने भएका छन्।
नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए। नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गेको छ।

नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।
वडा नम्बर १ कैलाशस्थित बेताल सामुदायिक विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी इसिडी शिक्षक ज्वाला शाहीले अरु शिक्षकजस्तै आफू दिनभर पढाउँदै आए पनि महिनाको ८ हजार रुपैयाँ मात्रै पाउने गरेको बताइन्। नगरपालिकाले फागुन १ देखि लागु हुने गरी सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेपछि आफू खुसी रहेको उनले बताइन्।
संघीय सरकारले निर्धारण तलब सुविधा पाउनुपर्ने माग गर्दै बालविकास सहजकर्ता शिक्षक, विद्यालयका सहयोगी, लेखापालले बेलाबेलामा आन्दोलन समेत गर्दै आएका थिए।















