बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।

nisarga

स्थानीय गणेश विष्टका अनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।

दुर्घटनामा परी ७ जना घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।