बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद

Image
maya metro

धनगढी – जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन्। जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

nisarga

२०७७ माघ २१ गते विधालय गएकी भागरथी भोलीपल्ट खोचलेक बजार नजीकैको जंगलमा मृत फेला परेकी थिईन ।