नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Image
maya metro

काठमाडाैं – धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १७.४२ अंकले उकालो लाग्दा नेप्से परिसूचक दुई हजार ७३५.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेर ५२३.१५ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने दुई वटामा रातो पोतिएको छ।

nisarga

आज अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेको छ। वित्त समूहमा १.९१ प्रतिशत, बैंकिङ समूहमा ०.४८ प्रतिशत, व्यापार समूहमा ०.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशतले वृद्धि भएकाे छ।

विकास बैंक समूहमा १.५१ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत, लघुवित्त समूहमा ०.३ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशतले वृद्धि भएकाे छ। उत्पादन तथा प्रशोधन समूह ०.२८ प्रतिशतले तथा लगानी समूहमा ०.१७ प्रतिशतले गिरावट आएको छ।