
काठमाडौँ – नेपाल यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा विश्वकपमा छनोट हुन असफल भएको छ। आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।
ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन जाेड्याे।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए। विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।
आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभर खेलेर ७ विकेटकाे क्षतिमा १ सय ७५ रन बनाएको थियो।















