प्रेमिकासँग घुम्न गएर अपहरणको नाटक गर्ने डोटीका युवक पक्राउ

Image
maya metro

अत्तरिया – आफूलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेर अज्ञात स्थानमा बन्धक बनाएको भन्दै नाटक गर्ने डोटीका एक युवक पक्राउ परेका छन्। बन्धक बनाएको भन्दै परिवार र प्रहरीलाई झुक्याएका डोटी आदर्श गाँउपालीका वडा नम्बर ३ का २० वर्षीय रघुनाथ ओझा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार हाल उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्दै आएका छन्। अपहरणको नाटक गरेका ओझालाई प्रहरीले धनगढीको वडा नम्बर १ बाट पक्राउ गरेको हो ।

nisarga

उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर गत महिनाको २० गते चितवनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए। त्यसपछि उनले घरपरिवारसंग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको प्रहरीले बताएको छ।

उनी सम्पर्कविहीन भएकै दिन आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुलेको छ। साथमा रहेको रकम सकिएपछि उनी पोखराबाट घरतर्फ आएको खुलेको प्रहरीले जनाएको छ ।

उनीमाथि  सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।