घोडाबाट लडेर बालीकाको मृत्यु

Image
maya metro

साेलुखुम्बु – सोलुखुम्बुमा घोडाबाट लडेर एक बालीकाको मृत्यु भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ की नौ वर्षीया बालिका मिङ्मा कान्छी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

nisarga

बालिका र बालिकाका मामा चढेको घोडा हिउँमा चिप्लिएर लड्दा दुवै जना घाइते भएका र उपचारका क्रममा मिङ्मा कान्छी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।