
विश्वभर पछिल्लो २४ घण्टामा १० हजार ३९५ जना कोरोना संक्रमितको मृत्यु मृत्यु भएको छ। यो अवधिमा १० हजार ३९५ जना संक्रमितको अमेरिकामा २ हजार ३७०, ब्राजिलमा ९५६, रसियामा ७८५, मेक्सिकोमा ७०६, भारतमा ३०२, स्पेनमा ३०१, जर्मनीमा २५३ र इटलीमा २५२ जनाको मृत्यु भएको छ।
यस्तै विश्वभर एकै दिन १७ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी जर्मनीमा २ लाख २० हजारजनामा संक्रमण देखिएको छ।

यस्तै, रसियामा १ लाख ३७ हजार, ब्राजिलमा १ लाख ३३ हजार, टर्कीमा ८६ हजार ६००, अमेरिकामा ७० हजार, फ्रान्समा ६७ हजार, वेलायतमा ४० हजार र भारतमा १३ हजार जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा २४ लाख २३ हजार संक्रमित निको भएका छन्। हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्।
















