नेपाल छिरेको विषयमा भारतका सैनिक अधिकारीले मागे माफी

Image
maya metro

दार्चुला – भारतीय सेना नेपाल प्रवेश गरेको विषयमा भारतीय सेनाले माफी मागेको छ। भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्टका एक जना जवान बुधबार अपरान्ह ४ बजेतिर महाकाली नदी तरेर नेपाल आएका थिए।

‘दार्चुला खलंगास्थित महाकाली नगरपालिका(४ महाकाली नदी पारी रहेको भारतीय सैनिकको ब्यारेकबाट एक जना जवान नेपालतर्फ आएका थिए। उनलाई सोही बेलामा नै नेपालबाट भारततर्फ फर्काइयो,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

nisarga

‘सेनाको तालिमको क्रममा उनी नदी तैरेर नेपाल आएका थिए। महाकाली नदी अन्तर्राष्ट्रिय सीमा नदी भएको हुँदा अनुमति बिना नेपाल प्रवेश गर्न मिल्दैन। सोहीअनुसार उनलाई नेपालबाट फिर्ता पठाइएको हो।’ नेपाल छिरेका सैनिक जवानको विषयमा भारतीय सैनिक अधिकारीले प्रशासनसँग माफी मागेको उपाध्यायले बताए। ‘ती सैनिक जवान नेपाल छिरेको विषयमा भारतका सैनिक अधिकारीले अनौपचारिकरुपमा माफी माग्नुभएको छ,ु सिडओ उपाध्यायले भने।

सम्बन्धीत समाचार : महाकाली पौडिएर नेपाल छिरे भारतीय सैनिक