
बाजुरा – प्रहरीले सामुहीक हत्याका मुख्य अभियुक्त भरत गिरीलाई १६ वर्ष पछि पक्राउ गरेको छ । गिरीले २०६३ साल माघ ४ गते काका नवराज गिरीको हत्या गरेका थिए ।
हत्या गरेर फरार रहेका गिरीलाई भारतको उत्तराखण्डमा पर्ने अल्मोडाबाट यही फागुन १० गते प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले बताएका छन् ।

४० वर्षका गिरी नेपालको परिचय खुल्ने सबै प्रमाण नष्ट गरेर, भारतीय रासन कार्ड लिएर लुकीछिपी बसेको थिए । उनलाई सुराकीका आधारमा १६ वर्ष पछि पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरिक्षक ओझाले बताएका छन् ।
अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुराले २०७८ माघ ४ गते सर्वश्व सहित जन्मकैदको फैसला ठहर गरेको थियो ।















