बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या

Image
maya metro

विराटनगर – मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

nisarga

बुधबार विद्यालयबाट एक्लै फर्किने क्रममा बालिकाको बलात्कारपछि हत्या भएको थियो। स्कुलबाट बालिकाको घर पुग्न करिब दुई घण्टा उत्तरतर्फ हिड्नुपर्छ।  बाटोको अधिकांश भाग जंगलमा पर्छ ।