
अत्तरिया – कैलालीको अत्तरियामा महाशिवरात्री पर्व मनाइएको छ । अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले शिवध्वजारोहण गर्दै महाशिवरात्री पर्व मनाएको हो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले आयोजना गरेको शिवध्वजारोहण एवम स्नेह मिलन कार्यक्रम सँस्थाकी प्रमुख ब्रह्माकुमारी रविनाको संयोजकत्वमा सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेशकी भौतीक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् ।


यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजीक विकास मन्त्री कृष्ण सुवेदी र सुदूरपश्मि शसस्त्र प्रहरी बल बैजनाथ बाहीनीका डिआइजी दुर्गा भट्राई विशिष्ट अतिथी रहेका थिए भने कार्यक्रममा मदरसा मुस्लीम सेवा समाजका अध्यक्ष मोहम्मद नइमुदीन भाट लगाएत विभीन्न संघसँस्थाका प्रतिनीधीहरुसंगै श्रद्धालु भत्तजनहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा भगवान शिवको नामबाट सामुहिक केक काटीएको थियो । त्यस्तै शिवध्वजारोहण गदैै भजनकिर्तन गरिएको थियो ।















