
धनगढी – कैलालीमा १५० किलो माछाका भुरा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले माछाका भुरा बरामद गरेको हो।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित पूर्वश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २०२–०३–००१–च २४५ नम्बरको पिकअप जिपबाट १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चालक जिल्ला सर्लाही ईश्वारपुर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय निर्मल कुमार सहनीले चलाएको जिपबाट बरामद गरिएका नेपालमा प्रतिबन्धित माछालाई बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।





























