धनगढीमा १८० मिलिग्राम खैरो हिरोइनसहित एक युवक पक्राउ

Image
maya metro

धनगढी – धनगढीमा १८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेको प्रहरीले बताएको छ।

nisarga

उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।