अत्तरियामा महिनावारी स्वच्छता सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा महिनावारी स्वच्छताको शिक्षण सहयोगि सामग्रीको पुर्व अभ्यास तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । फाल्गुन १९ गतेदेखी अत्तरियाको नमस्ते होटलमा आयोजीत तालीमको आज एक औपचारीक कार्यक्रमकाबिच समापन गरिएको हो । ग्लोबल एक्सन नेपालका म्यानेजर घनश्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा गोदावरी नगरपालीका शिक्षा शाखाका प्रमुख बसन्त खत्री प्रमुख अतिथी रहेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख खत्रीले तालिममा सिकेका कुरा कक्षामा पस्केमामात्रै तालीमको उपलब्धी ठहरनिे भएकोले यहाँ सकिेका सबैकुरा कार्यान्वयन गर्न आग्रह गरे । शिक्षक समाज परिवर्तनको सम्बाहक भएको बताँउदै उनले भने विधालयको पठनपाठनमामात्रै नभइ समाजका हरेक क्षेत्रमा शिक्षकको महत्वपुर्ण भुमीका हुन्छ ।

nisarga

पछील्लो समय नगरपालीकाले नगर शिक्षकमा लगानी गरेको भन्दै उनले समाजलाई जवाफ दिन पनी नगरमा शिक्षाको गुणस्तर वृद्धी गर्नुपर्ने प्रमुख खत्रीले शिक्षाबाट समाजमा आएको परिवर्तन छोटो समयमै नतिजा नदेखीने भन्दै सबैको साझा प्रयासबाट गोदावरी नगरपालीकालाई शैक्षीक नगरको रुपमा विकास गर्न सकिने बताए । विधार्थीलाई अनुशासनमा राख्न शिक्षक स्वयम अनुशासनमा बस्नु पर्छ प्रमुख खत्रीले भने जनशक्ति र स्रोत साधन अभावका कारण विधालय निरीक्षण आवश्यकता बमोजीम गर्न नसकिएको बताए ।

कार्यक्रममा शिक्षा शाखाका प्राविधीक सहायक विष्णुराज अवस्थीले सदाबहार ज्ञानको ज्योति छर्ने शिक्षकहरु तालीमप्राप्त हुनु आवश्यक रहेको बताए । उनले विगतको शैक्षीक प्रणाली र अहिलेको शैक्षीक प्रणालीमा निकै फरक भएकोले अब ज्ञान सहित बिक्ने शिक्षा आवश्यक रहेको बताए । ग्लोबल एक्सन नेपाल,एमएचएमपिए,जिआइजेड र गोदावरी नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिममा गोदावरी नगरपालिका भित्रका आठ ओटा विधालयका १६ जना स्वास्थ्य शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालीम अवधीभर ग्लोबल एक्सन नेपालकी सहजकर्ता सुर्वणप्रभा गुरागाँइले प्रशिक्षण गरेकी थिइन् । तालिमका सहभागी एवम् दुर्गा मा वि हाटखोलीका प्रधानाध्यापक कर्ण बहादुर साँउदले तालिम समय सान्र्दभीक रहेको र तालिमले शिक्षण सिकाइमा थप टेवा पुग्ने बताए । गोदावरी नगरपालीकाभित्रका यिनै आठओटा विधालयमा पन्ध्र महिनाअघीदेखी नै प्रयास नेपाल कैलालीले खानेपानी,सरसफाई तथा स्वच्छता प्रवद्धन परियोजना लागु गरि काम गर्दै आएको छ ।


आठैओटा विधालय सहित शिक्षा शाखालाई सन्दर्भ सामग्री वितरण
तालीममा सहभागी भएका आठैओटा विधालय सहित शिक्षा शाखालाई सन्दर्भ सामग्री वितरण गरिएको छ । ग्लोबल एक्सन नेपालका म्यानेजर घनश्याम श्रेष्ठले सम्बन्धीत विधालयका शिक्षक तथा नगरपालीकाका शिक्षा शाखा प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

सन्दर्भ सामग्रीहरुमा डिस्प्ले र्याक,मेनेस्ट्रोल कप,पुन प्रयोग गर्न मिल्ने स्यानीटेरी प्याड लगाएत रहेका छन् ।

यो पनी पढ्नुस् : बानी बसाउन सरकारी,पढाउन नीजी

अचेलका विधार्थीमा न अनुशासन छ ,न मिहेनत गर्छन