
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा वन अतिक्रमण गरेर निर्माण गरिएका घर जलाईएका छन । वडीमालिका सामुदायीक वन छेउमा अतिक्रमण गरेर बनाइएका घर भत्काएर जलाईएका हुन ।
पूर्व पश्चिम राजमार्गको छेउमा बस्दै आएका वादी परिवारले राजमार्ग पछाडीको वन क्षेत्रमा पनि घर बनाएकाले झत्काइएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।

सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले पटक–पटक अतिक्रम हटाउन सूचना गर्दा पनि अटेर गरेपछि घर भत्काइएको बताए । उनले सडक किनारामा बनाइएका घरलाई भने नभत्काइएको बताए । पुर्व पश्चिम राजमार्गमा वन क्षेत्रमा निर्माण गरिएका करिब १२ घर भत्काइएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ ।
सामुदायिक वन, सव डिभिजन वन कार्यालय अत्तरिया, डिभिजन वन कार्यालय धनगढीको रहोवरमा अतिक्रमण हटाइएको थियो ।
अतिक्रमण गरेर वसेका वादी समुदायले घर भत्काएपनि जलाउन नहुने भन्दै विरोध गरेका थिए ।






























