
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा ११२ औँ अन्र्तराष्ट्रीय महिला दिवस मनाइएको छ । नगरपालीकाको महिला तथा बालबालीका शाखाको आयोजनामा दिवस मनाइएको हो ।
गोदावरी नगरपालीकाकी उपप्रमुख रत्ना सभापतित्वमा सम्पन्न भएको उत्त कार्यक्रममा गोदावरी नगरपालीका भित्रका सहकारी सँस्थाका प्रतिनीधी, जनप्रतिनीधी , सुरक्षाकर्मी,प्राध्यापक एवम् साहित्यकार डाक्टर टि एन जोशी, गोदावरी च्याम्बर अफ कर्मशकी अध्यक्ष शोभा रावल ,दृष्टी फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट,दलीत महिला संघ फेडोकी सचिब अम्बीका ताम्राकार,लोक सँस्कृती प्रतिष्ठानका अध्यक्ष लीला बास्कोटा,होटल व्यवशायी सघं अत्तरियाकी अध्यक्ष धना चोखाल,सेफ हाउसकी अध्यक्ष जानकी मलासी लगाएत विभीन्न संघसँस्थाका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालीकाकी प्रमुख रत्ना कडाएतले हामीले चाहेको समतामुलक समाज निमार्णकालागी हरेक क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागीता आवश्यक रहेको बताईन् । सडकदेखी सदनसम्म महिलाहरुको उल्लेख्य सहभागीता भएमामात्रै हामीले चाहेजस्तो निर्माण सम्भव हुने उनको भनाइ थियो । महिला र पुरुषबिचको खाडल पुर्नकालागी,यस्ता चुनौतीहरुलाई सामना गर्नकालागी पछील्लो पुस्ताको जीम्मेवारी अझै धेरै रहेको छ उनले भनीन् “चाहे त्यो कुनै राजनीतीक पार्टीको तर्फबाट होस या कुनै संघसँस्थाको तर्फबाट होस वा नागरीक समाजको तर्फबाट होस् ,महिलाको हकमा सबै एकवद्ध भएर लाग्न जरुरी छ ।”

समतामुलक समाज निमार्णकालागी पुरुषको सहयोग समेत आवश्यक रहेको उनको भनाइ थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले राज्यले कागजमा छुट्याएका तर व्यवहारमा लागु नभएका कतिपय अधिकारका लागी महिलाहरुले आफै अझै एकजुट भएर आवाज उठाउनुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालीका शाखाकी प्रमुख गोदावरी खत्रीले महिला दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।कार्यक्रममा विभीन्न सहकारी सँस्थाका महिलाहरुले जनचेतनामुलक गीतहरु पनी प्रस्तुत गरेका थिए ।
महिला दिवसकै अवसर पारी अत्तरियामा पहिलो अटो चालक एकल महिला हरिना रावल,महिला पत्रकार शारदा फुलारा,साहित्यकार टि एन जोशी सहित विभीन्न क्षेत्रमा उदाहरणीय काम गरेका व्यत्ति तथा सँस्थाहरुलाई सम्मान गरिएको थियो । गोदावरी नगरपालीका वडा नम्बर २ की वडा सदस्य ईश्वरा आर्चायको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन महिला विकास शाखाकी महिला विकास निरीक्षक प्रेमा बडुले गरेकी थिईन् ।
औपचारीक कार्यक्रम समापन पश्चात महिलाहरुले नाचगान समेत गरेका थिए। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्षको नारा ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने रहेको थियो ।















