
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले मनाएको महिला दिवसमा ९ जना महिला प्रहरीले पनी सहभागीता जनाए । सँधैजसो ड्युटीमा व्यस्त हुने उनीहरु महिला दिवसको अवसरमा आयोजीत कार्यक्रममा भने सहभागीका रुपमा उपस्थीत भएका थिए ।


ईलाका प्रहरी कार्यालय मालाखेतीका विभीन्न विटहरुमा कार्यरत उनीहरुले ड्रेसमै उपस्थीत भएपनी सहभागीका रुपमा उपस्थीती जनाँउदा फरक अनुभव भईरहेको बताए ।

तिज,लैगींक हिंसा विरुद्धको अभियानजस्ता महिलाकै चाडहरुमा पनी महिलाहरुलाई सुरक्षा दिनकालागी महिला प्रहरी नै आवश्यक पर्ने हुँदा आफुहरु सुुुरक्षाकर्मीको रुपमा खट्नुपर्ने प्रहरी हवल्दार शर्मीला कुँवरले बताईन् ।


फोटो : ईलाका प्रहरी कार्यालय मालाखेती तथा महिला प्रहरीहरुको अनुमतीमा लिईएको ।














