रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई विद्यालयले दियाे ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि

Image
maya metro

खोटाङ – कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएकाे छ । आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हाे ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरूप विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।

nisarga

गएकाे साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर घर नजिकैकाे रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।