
काठमाडौँ – संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धीत समाचार : संखुवासभाको मादीमा बस दुर्घटना, आठ जनाकाे मृत्यु





























