धनगढीमा भारतीय नागरिक गुप्ता हत्या प्रकरण : हत्या आरोपमा दुईजना पक्राउ

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा २ नेपाली पक्राउ परेका छन । प्रहरीले भारतको उत्तरप्रदेश स्थित शाहजापुराका ४२ वर्षीय गुप्ताको हत्या आरोपमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरेको हो ।

नीहरुलाई आज पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

nisarga

पत्रकार सम्मेलनमा बोल्दै कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दुवै जनाले मिलेर गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताए ।

गत सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।  गुप्ता धनगढीको शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।