दार्चुलामा सुनाखरीसहित एक जना पक्राउ

Image
maya metro

दार्चुला – दार्चुलामा बहुमूल्य जडिबुटी सुनाखरीसहित एक जना पक्राउ परेका छन् ।

शुक्रवार जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलो सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का हरिश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

nisarga

रातिको समयमा महाकाली नगरपालिका-४ स्थित बाङ्गाबगडबाट बोहरा झोला बोकि हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

उक्त बरामद सुनाखरी डिभिजन वन कार्यालय दार्चुलालाई बुझाइएको छ ।