आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्न टेलिकमको आग्रह

Image
maya metro

काठमाडौं – नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्न नेपाल टेलिकमले आग्रह गरेको छ ।

बजारमा विभिन्न नामबाट नेपाल अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको हो । टेलिकमले एक सूचना जारी गर्दै टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन यसबारे जानकारी दिएको हो ।

nisarga

सूचनामा भनिएको छ, ‘यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, ल्त्ँष्दभच आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त E-PIN तथा MPOS मार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेकोमा हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’