
अत्तरिया – अत्तरिया उधोग वाणीँज्य संघका सँस्थापक अध्यक्ष बसन्त रोकायाले उधोग वाँणीज्य संघको भवन निर्माणकालागी आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवको समापन कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले गोदावरी नगरपालीकाका प्रमुख हरिसिहं साँउदलाई सक्ने रकम दिएर सहयोग गर्न आग्रह गरेका हुन् । सँस्थापक अध्यक्ष रोकायाले उधोग वाँणीज्य संघ सबै व्यापारीको साझा सँस्था भएपनी राजनीतीक पुर्वाग्रह राखी नगरपालीकाले हालसम्म कुनै सहयोग नगरेको गुनासो गरे ।

सानातिना सँस्थालाई लाखौँ बजेट छुट्याउन हुने, करिब बाह्र सय व्यापारीको आवद्धता भएको सँस्थालाई किन आजसम्म एक सुकोपनी सहयोग गरिएन ?किन हामीलाई हेपीयो?रोकायाले प्रश्न गरे । यो विषयलाई गम्भीरतापुर्वक लिनपनी उनले नगरप्रमुख साँउदलाई आग्रह गरे । आफुहरुको कुनै गल्ती वा कमीकमजोरी भएमा औल्याउन समेत उनले आग्रह गरे ।
गाँउ, क्षेत्र तथा नगरको विकासलागी उधोग कलकारखानाको विकास आवश्यक रहेको उनको भनाई थियो ।






























