नवजीवन सहकारीको अध्यक्षमा बम विजयी

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर बम विजयी भएका छन्। सहकारीको २८ औँ चुनावी साधारण सभाबाट बमले अध्यक्षका प्रत्याशी रतन बहादुर कठायतलाई एकहजार ३ सय मत बढीले पराजित गरेका हुन ।

नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा कुल खसेको १७ हजार ८० मतमध्ये बमले ८ हजार ३९१ मत पाए। कठायतले ७ हजार ८३ मत पाए। यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन्। सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह विजयी भएका छन्।

nisarga

यस्तै उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि सदस्यमा विजयी भएका छन्। यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेशप्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन्।

सहकारीको नेतृत्वको लागि फागुन २८ गते सम्पन्न निर्वाचनमा बम र कठायतको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए। कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था २०५० साल वैशाख १५ गते सहकारी विभागमा दर्ता भई सञ्चालनमा आएको थियो ।