धनगढी विमानस्थल प्रवेशकालागी प्रिन्टेड टिकट अनिवार्य

Image
maya metro

धनगढी – धनगढी विमानस्थल प्रवेशकालागी प्रिन्टेड वा डिजिटल टिकट अनिवार्य गरिएको छ ।

यही चत्रै ७ गतेदेखि हवाई यात्राको लागि विमानस्थलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो । अव विगतमाजस्तो एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने विमानस्थलभित्र प्रवेश पाइने छैन ।

nisarga

धनगढी विमानस्थलका प्रमुख राम कृष्ण भट्टले यही चैत्र ७ गतेदेखि हवाई यात्रा गर्नको लागि ट्राभल एजेन्सी, एयरलाईन्सबाट प्रिन्टेड टिकट वा डिजिटल टिकट लिएर आउन आग्रह गरेका छन् ।

यसअघि हवाई यात्रा गर्नको लागि ट्राभल एजेन्सी, एयरलाईन्सले प्रदान गर्ने पीएनआर नम्बरको आधारमा विमानस्थलमा प्रवेश पाउन सहज थियो ।