
डडेल्धुरा – गोली लागेर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पानको मृत्यु भएको छ ।
सोही गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि आफैले भरुवा बन्दुकको पासो थापेका पानको मंगलवार राति गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा स्थानीय ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि प्रहरीले जनाएको छ ।





























