गोदावरीको न्यायीक समितिले गर्यो सरोकारवालाहरु संग अन्र्तक्रीया

Image
maya metro

अत्तरिया – कैलालीले गोदावरी नगरपालीकाको न्यायीक समितिले सरोकारवालाहरु संग अन्र्तक्रीया गरेको छ । नयायीक समितिले बुधबार नगरपालीकाभित्रका वडा अध्यक्षहरु,मेलमिलाप संयोजक,मेलमिलाप सहजकर्ता,अधिवक्ता,सम्बन्धीत संघसँस्थाका प्रतिनीधी,प्रहरी लगाएतको उपस्थीतीमा अन्र्तक्रीया सम्पन्न गरेको हो ।

अन्र्तक्रीयामा सहभागी अधिकाशं मेलमिलापकर्ताहरुले न्याय सम्पादनकालागी उचित स्थानको अभाव भएको गुनासो गरे । भाडाका घरमा संचालनमा रहेका वडाहरुमा न्याय सम्पादन गर्दा बाहिर वा मेलमिलापकर्ताकै घरमा बस्नुपर्ने बाध्यता रहेको बताए । वडा नम्बर ८ का मेलमिलाप संयोजक प्रेम बहादुर बोगटीले वडामा न्याय सम्पादनकलागी अनुकुल वातावरण नभएको बताए ।

nisarga

उनले भने वडामा मेलमिलापकर्ताकालागी छुट्टै कोठा छैन,कहिलेकाँहि त आफ्नै घरमा बस्ने गरेको छु । न्याय सम्पादन गर्ने विषय कठीन भएपनी वडामै न्याय सम्पादनको काम हुन थालेपछी जनतालाई भने सहज भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा बोल्दै न्यायिक संमिति संयोजक समेत रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आर्थिक बर्ष २०७४÷०७५ देखि हाल सम्म ३६८ मुद्धा दर्ता भएको बताईन् । उनले दर्ता भएका मुद्धामध्ये ३४८ मुद्धा फछ्र्यौट भइसकेको बताईन् ।

‘यसमा विषेश गरेर जग्गा जमिन, महिला हिंसा, लेनदेन, घरवहाल, ज्यालादारी, गालिगलौज र कुटपिटका मुद्धा बढी आउने गरेका छन’ उनले भनीन् ‘संबिधानमा व्यवस्था गरे बमोजिम यो स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिम १३ मुद्धा र उपदफा २ बमोजिम ११ वटा मुद्धा हरु माथि हामीले आफ्नो अधिकार क्षेत्र भित्र रहेका केसहरु हेर्ने गरेका छौ ।’

उनले न्यायिक समितिले अधिकांस मुद्धा मा मेलमिलाप मार्फत नै टुङ्ग्याइएको बताइन् । न्याय सम्पादन सहज गर्नकालागी सबै वडाका मेलमिलाप कर्ताका लागि दराज सहित आवश्यक सामग्री पठाइएको बताईन । गोदावरी नगरपालीकामा ७३ जना मेलमिलापकर्ता रहेका छन् ।