बलात्कारको आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ ५ लाख धरौटीमा रिहा

Image
maya metro

काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका  मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन्।

जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

nisarga

जुम्लाकी ४० वर्षिया शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि सांसद बानियाँ फागुन १६ गते पक्राउ परेका थिए।