यौन धन्दा चलाउने धनगढीका चार होटलमा प्रहरीको छापा,होटल संचालक सहित नौ जना युवती पक्राउ

Image
maya metro

धनगढी – यौन धन्दा चलाउने धनगढीका चार होटलमा प्रहरीले छापा हालेको छ । छापा हान्दा होटल संचालक सहित नौ जना युवती पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीको एलएन चोकको रहेको शाही होटल प्यालेस, चौराहा ट्राफिक चोकका सनराईज होटल, चौराहकै बुढिनन्दा बाजुरा होटल र क्याम्पस चोक स्थित रहेको प्रिन्स होटलबाट प्रहरीले नौ जना महिला सहित ४ जना होटल संचालकलाई पक्राउ गरेको हो ।

nisarga

यौन धन्दामा संलग्न नौ जना महिला र चार जना होटल व्यवसायीहरु समेत पक्राउ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।