
दार्चुला – दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बिहीबार जिल्लाको महाकाली नगरपालिका-४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा बेरिएर १० वर्षीया जेनिशा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गलबन्दीको पासो घाँटीमा अड्किएको अवस्थामा उनकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको थियो। जेनिशाको उपचारका क्रममा हिजो नै मृत्यु भएको प्रहरीले जनाएको छ ।















