बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको सिँचाई पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो चन्दको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन् ।

nisarga